गान्तोक: बिहीबार राती परेको हात्तीसुडे पानीको प्रभावले रिम्बी खोला भयनाक उर्लिन्दा रिम्बी नजिक सेदाङमा गोठ लिएर बसेका ८० वर्षाय आशलाल लिम्बुलाई गाई गाठसँगै बगाएर लगेको जानकारी प्राप्त भएको छ। उनी याङथाङ समष्टि अन्तर्गत दराप निवासी हुन।
उर्लिएको खोलाले बगाएर लगेको व्यक्तिको शवलाई दक्षिण जिल्लाको सिकिपमा फेला परेको बताइएको छ।
यो खोलाले योसँग यसरी तहसनहस गरेको तीनपल्ट भयो। खोलाले गाइगोठ मान्छे सँगै बगाएर ठूलो क्षति पुऱ्याएको छ भने याङते निवासी जेम्याङ काजीको क्रसर प्लानलाई ध्वस्त पारेको छ। क्रसर नजिक रहेको रिम्बी खोलाको पुल जसले दराप नम्बु, सिम्फेङ जोडने गरको थियो।
अर्कोतिर रिम्बीलाई पनि यसै खोलाले धेरै क्षति गरेर स्थानीयलाई धेरै त्रास पुऱ्याएको छ।
यस घटनास्थलको भ्रमण गर्दै मन्त्री भीमहाङ सुब्बा, जिल्लापाल हिस्से डी योङडा, यातायात विभागका अध्यक्ष बसन्त तामाङ लगायत अन्यले निरक्षण गर्दै घटनाको सम्पुर्ण जायजा लिएका छन। पीडीत परिवारलाई चाडै सरकारबाट हुन सक्ने राहत साथै सहयोग गर्ने मन्त्री सुब्बाले बचन दिएका छन्। स्मरण रहास यो खोलाले २०१२मा पनि धेरै धनजनको नष्ट गरेको थियो।