गोरुबथान – पश्चिम बंगालको नदिया जिल्लास्थित मौलाना अब्दुल कलाम आजाद युनिवर्सिटी अफ टेक्नोलोजीमा समपन्न राज्य स्तरीय वुसु च्याम्पियनसिपमा कालेबुङ जिल्लालाई प्रतिनिधित्व गरेर पाँचजना खेलाडीहरू गएका थिए। कालेबुङ जिल्ला वुसु एसोसिएसनका सभापति ओमप्रकास शर्माको नेतृत्वमा गएका पाँचजना मध्ये तीनजनाले दुईवटा कास्य पदक एउटा रजत पदक हत्याउन सफल भएका छन्।
विसु साण्डा खेलमा कास्य पदक हत्याउन सफल खेलाडी रितम छेत्री राष्ट्रिय स्तरिय वुसु खेलको निम्ति पश्चिम बंगाललाई प्रतिनिधित्व गरेर जाने बताएका छन्। राज्य स्तरीय वुसु च्याम्पियनसिपमा रजत पदक क्रमैले कल्पना शर्मा र प्रिति झा रहेका छन्।