कुचबिहारः पञ्चायत चुनाउको शुरूवातसॅंगै पश्चिम बंगालमा हिंसाको क्रम जारी छ। भाजपा प्रत्याशीको घरमा बम फ्याकिएको घटना प्रकाशमा आएको छ भने यसको आरोप तृणमूल कांग्रेसमाथि लागेको छ।
यस घटनालाई लिएर भाजपा कार्यकर्ताहरूले दिनहाटा-कुचबिहार स्टेट हाईवे जाम गरेर प्रदर्शन गरे। घटना गए राति दिनहाटा-१ नम्बर ग्राम पञ्चायत भेटागुरी- २ को महाकालधाम गाउॅंमा भएको हो।
भाजपा प्रत्याशी रीता बर्मनले भनिन्, गए राति तृणमूल समर्थित केही बदमाशहरू घर आएका थिए। उनीहरू डर देखाउॅंदै धम्की दिए। यसपछि बम फ्याकेर गए। तृणमूलको क्षेत्रीय अध्यक्ष सुनील रायले आरोपको खण्डन गर्दै यसलाई भाजपाको आपसी विवाद ठहर गरेका छन्। यस घटनालाई लिएर दिनहाटा पुलिसले जॉंच शुरू गरेको छ।
-हिस