दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङले जीटीए चुनावमा भोट हालेनन्। भोट बयकट गरेको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले भोट हाल्नु लोकतान्त्रिक अधिकार हो र मानिसहरूले भोट हाल्न सक्छन् तर गोजमुमो जीटीए चुनावको विरोधमा रहेकोले आफुले भोट नहालेको बताएका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा गोजमुमो अध्यक्ष बिमल गुरुङले म आफ्नो ईमान र स्वाभिमान बेच्नेवाला छुइन, म आफ्नो भोट हाल्न जाने छुइन भनी बताएका छन्। उनले कुनै पनि भोट नर्मल, गणतान्त्रिक र अनुशासनमा हुनुपर्छ भनी बताउँदै म जीटीएको लागि होइन, मैले जीटीए खारेज गरेको हो, जीटीएमा केही छैन भनी बताएका छन्।