युथ मेन्स नेशनल बक्सिङ च्याम्पियनशिपः क्वार्टर फाइनल खेल सम्पन्न

qru_729

गान्तोकः राजधानीको पाल्जोर स्टेडियमस्थित इन्डोर जिम्नेजियम हलमा जारी छैटौं युथ मेन्स नेशनल बक्सिङ च्याम्पियनशिप २०२३ को आज चौथो दिन क्वार्टर फाइनल चरण सम्पन्न भयो। आज सड़क एवं पुल विभाग मन्त्री साम्डुप लेप्चा मुख्य अतिथि थिए।

राज्यमा पहिलोपल्ट आयोजित राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगिताको क्वार्टर फाइनलमा कुल ४४ बाउट खेलिए। आगामी १८ जूनका दिन प्रतियोगिताको फाइनल सम्पन्न हुनेछ। यस प्रतियोगिताका विजेता खेलाड़ीहरूले आगामी जुलाई महिनामा कजाकिस्तानमा हुने एशियन मेन्स युथ बक्सिङ च्याम्पियनशिपमा भाग लिन अवसर पाउने छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement