सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसमा ठूलो दरार देखिएको छ। तृणमूल कांग्रेस विरुद्ध आक्रोश व्यक्त गर्दै, २४० परिवार पार्टीबाट राजीनामा दिए र भाजपामा सामेल भए। शुक्रबार दिउँसो बागडोग्रा क्षेत्रको एक होटल हलमा भाजपा युवा मोर्चाको सिलगढी संगठनात्मक जिल्ला समितिले कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रममा दार्जिलिङका सांसद राजु बिष्टको उपस्थितिमा सबैले भाजपाको झण्डा बोकेका थिए । सो अवसरमा भाजपा सिलगढी संगठनात्मक जिल्ला समिति अध्यक्ष एवं विधायक आनन्दमय बर्मन सहित भाजपा जिल्ला समितिका नेताहरू पनि उपस्थित थिए। दार्जिलिङका सांसद राजु विष्ट र आनन्दमय बर्मनले सहभागीहरूलाई पार्टीको झण्डा हस्तान्तरण गरेका थिए ।