सिलगढी: बीजेपी सिलगढी संगठनात्मक जिल्ला समितिले राज्य भरमा पञ्चायत चुनाव हिंसाको क्रममा प्रशासनिक असफलताको आरोप लगाउँदै सिलगढीमा विरोध मार्च निकाल्यो। यो र्यालीसँगै भाजपा नेताहरूले राज्य सरकारविरुद्ध आवाज उठाए। शुक्रबार साँझ सिलगढीको हाश्मी चोकबाट जुलुस सुरु भएको थियो। माटिगारा नक्सलबारी विधायक र भाजपा सिलगढी संगठनात्मक जिल्ला समिति अध्यक्ष आनन्दमय बर्मन सहित भाजपा नेताहरू यसमा उपस्थित थिए। जुलुस हिलकार्ट रोड परिक्रमा गरी हाश्मी चोकमा समापन भएको थियो । पत्रकारहरूलाई सम्बोधन गर्दै विधायक आनन्दमय बर्मनले पञ्चायत चुनावका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा राज्यभरका विभिन्न स्थानमा भएका हिंसाका घटनाका लागि राज्य सरकार र पुलिस प्रशासन जिम्मेवार रहेको बताए।