ओएफओजे कर्मचारीको पक्षमा सिटिजन एक्सन पार्टीले गऱ्यो एकदिने धरना

IMG-20230617-WA0000.jpg

गान्तोकः सिटिजन एक्सन पार्टी सिक्किमले निष्कासित ओएफओजे लगायत अन्य एडहक कर्मचारीलाई सम्मानपूर्वक पुनर्बहाली गर्नुपर्छ भन्ने माग गर्दै गान्तोक जिल्ला प्रशासनिक कार्यालय परिसरमा एक दिने धरना आयोजन गऱ्यो। शुक्रवार आयोजित धर्नामा सिटिजन एक्सन पार्टीका अध्यक्ष लक्ष्मी प्रसाद काफ्ले, प्रमुख संयोजक गणेश कुमार, कार्यकारी अध्यक्ष डीबी चौहान, पार्टीका प्रवक्ताहरू र पार्टीको विभिन्न काउन्सिल स्तरका सदस्यको सहभागिता रहेको थियो।

निष्कासित ओएफओजे कर्मचारीलाई पुनर्बहाली गर्नुपर्ने मागका साथ सिटिजन एक्सन पार्टीले ५ जूनका दिन १० दिनको अल्टिमेटम दिएर दिएर डीओपी कार्यालयमा एउटा ज्ञापन बुझाएको थियो। यसबारे जानकारी लिन पुगेका सिटिजन एक्सन पार्टीका कार्यकर्तालाई हिजो फेरि डिओपी सचिवले पुनः १० दिनको समय मागेको सिटिजन एक्सन पार्टीले जानकारी दिएको छ।

कर्मचारी निष्कासन विषयलाई लिएर नै उनीहरूको पक्षमा न्याय माग्दै आजको धरना आयोजन गरेको र १० दिनको अल्टिमेटमपछि पनि निष्कासित कर्मचारी पुनर्बहाली नगरे आन्दोलनलाई तीब्र बनाउने सिटिजन एक्सन पार्टीका अध्यक्ष लक्ष्मी प्रसाद काफ्ले जानकारी दिएका छन्। ओइफओजे कर्मचारी एसडीएफ सरकारले नियुक्ति दिएको थियो। तथापि यस योजनाबारे सिक्किम उच्च न्यायालमा भएको एउटा मुद्दामा न्यायालयले कर्मचारीको पक्षमा फसेला दिएका कारण उनीहरूको नोकरी बर्खास्त गर्न नपाउने अध्यक्ष काफ्लेले बताए। यस धरनामा रहेका सिटिजन एक्सन पार्टीका कार्यकर्ताले विभिन्न प्लाकार्ड बोकेर सरकारको नीतिको आलोचना गरेका थिए भने पार्टीका कार्यकर्ताले सम्बोधन मार्फत पनि सरकारको आलोजना गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement