मुर्शिदाबादः जिल्लाको नवग्राम थाना क्षेत्रमा तृणमूल कांग्रेसको अञ्चल अध्यक्ष मोजाम्मेल शेखको हत्या मामिलामा नवग्राम थाना पुलिसले सात जनालाई हिरासतमा लिएको छ। यी सबै क्षेत्रमा कांग्रेस कार्यकर्ताको रूपमा चिनिन्छन्।
प्राप्त जानकारी अनुसार, मोजम्मेल शेख बिहिवार राति नवग्राम थाना अन्तर्गत हजबीबिडाङ्गा गाउँमा चुनाउ प्रचारको निम्ति गएको समय उनको हत्या गरियो। कांग्रेस कार्यकर्ताहरूको हमलामा तृणमूल कांग्रेसका धेरै कार्यकर्ताहरू घाइते भए। पुलिस सूत्रहरू अनुसार, हत्यामा सामेल रहेको सन्देहमा शुक्रवार बिहानसम्म सात जनालाई हिरासतमा लिइएको छ। तृणमूल नेताको हत्यापछि क्षेत्रमा तनावको मध्यनजर पुलिस पिकेट लगाइएको छ।
नवग्राम तृणमूल कांग्रेसका विधायक कानाई चन्द्र मण्डलले भने, कांग्रेसले पञ्चायत चुनाउअघि क्षेत्रमा आतङ्क फैलाउने प्रयास गरिरहेछ। तृणमूल कार्यकर्ताहरूले शुक्रवार कालो ब्याच लगाएर पार्टी नेता मोजम्मेल शेखको हत्याको विरोध गरिरहेका छन्।
-हिस