चार घण्टामा तृणमूलको ४९ हजार नामांकन, भाजपाले भन्यो –लोकतन्त्रको खिल्ली उड़ाइयो

00-1-Rajya-Samachar-3

कोलकाताः पश्चिम बंगालमा हुन लागेको पञ्चायत चुनाउको निम्ति नामांकन दर्ता गरेको समय राज्यमा हिंसा र हंगामाको खबरहरू चर्चामा रहेको छ। यसबीच भारतीय जनता पार्टी (भाजपा) का प्रदेश अध्यक्ष सुकान्त मजुमदारले शुक्रवार राज्य चुनाउ आयोगको एक आंकड़ा ट्विटरमा साझा गरेका छन्। यसमा देख्न सकिन्छ, १३ जूनमा तृणमूल कांग्रेसको तर्फबाट केवल ९३२८ उम्मेदवारको नामांकन दर्ता भएको थियो जबकि १४ जूनमा केवल चार घण्टामा सत्तारूढ़ पार्टीको ४९ हजार ४९१ उम्मेदवारको नामांकन दर्ता भएको छ।

यो आंकड़ा साझा गर्दै उनले भने, राज्य सरकारले कुन प्रकारले धांधली गरेको छ र लोकतन्त्रको खिल्ली उड़ाएको छ, यो त्यसैको साक्षात प्रमाण हो। उनले ट्वीटरमा लेखे, पश्चिम बंगालमा पञ्चायत चनाउको निम्ति नामांकनको समय केवल चार घण्टामा ४०हजारभन्दा धेरै मानिसले आफ्नो नामांकन दर्ता गरेका छन् अर्थात् एक व्यक्तिको नामांकनको निम्ति औसत समय दुई मिनट छ। राज्य सरकारले केही गड़बड़ी गरेको र लोकतन्त्रको खिल्ली उड़ाएको यसबाट थाहा लाग्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement