एशियान डेभलोपमेन्ट व्याङ्कका प्रतिनिधिहरूले गरे मुख्यमन्त्रीसँग भेट

IMG-20230616-WA0390.jpg

गान्तोक: एशियान डेभलोपमेन्ट व्याङ्कका टोलीले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। यस टोलीको नेतृत्व शहकारी विभागका वरिष्ठ् विशेषज्ञ अकिरा मस्तुङगा र वरिष्ठ प्रोजेक्ट अफिसर भवेष कुमारले गरेका थिए। मुख्यमन्त्री तामाङसँगको भेटको क्रममा टोलीले रम्फू. सिङताम र पाकिमको भ्रमणपछिको अनुभव मुख्यमन्त्री समक्ष साँझा गरे। टोलीले जलवायु परिवर्तन, एकीकृत र दिगो हुने स्मार्ट सिटी योजनाको पूर्वाधारबारे पनि मुख्यमन्त्रीलाई जानकारी गराए। भेटको क्रममा मुख्यमन्त्रीले चाँडोभन्दा चाँडो योजनाहरूको शुरू गर्नुपर्न टोलीलाई सुझाव दिँदै राज्य सरकारको तर्फबाट पूर्णरूपमा सहयोग रहने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement