जेटसन डोना लामा पढ्न मुम्बई जॉंदै, मुख्यमन्त्रीसॅंग भेट

IMG-20230617-WA0001.jpg

गान्तोकः सारेगमप लिटल च्याम्पकी विजेता जेटसन डोना लामाले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग भेट गरेकी छिन्। मिन्तोकगाङस्थित मुख्यमन्त्रीको सरकारी आवासमा भएको भेट अवधि मुख्यमन्त्रीकी पत्नी कृष्ण राई र जेटसन डोना लामाका माता-पिता पनि उपस्थित थिए।

उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्। मुख्यमन्त्री अनुसार, जेटसन डोना लामा जेबीसीएन इन्टरनेशनल स्कूलमा अध्ययन गर्न मुम्बई जानेछिन्। यसैगरी, उनले सुजेन डिमेलोबाट पश्चिमी शास्त्रीय गायन, महेश रावबाट शास्त्रीय र बलीवुड गायन तथा मारिया रोड्रिक्सबाट किबोर्ड कक्षाहरू लिनेछिन्।

मुख्यमन्त्रीले जेटसनको उज्जवल भविष्यको निम्ति कामना गर्दै उनले आफ्ना सबै प्रयासहरूमा विकास र सफलता हासिल गर्न जारी राख्नेछिन् भनी आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement