पश्चिम बंगालका चुनाउ अधिकारीको समस्या बढ्यो, एससी एसटी आयोगले हिंसामा जवाफ माग्यो

00-1-Rajya-Samachar-3

कोलकाताः पश्चिम बंगालका चुनाउ अधिकारी राजीव सिन्हाको समस्या बढ़ेको छ। राज्यमा पञ्चायत चुनाउको निम्ति नामांकन भरेको समय भएका हिंसक घटनाहरूमा दलित महादलित जातिहरूका मानिसहरूमाथि हमला र तीन हत्यालाई लिएऱ एससी एसटी आयोगले एक हप्ताभित्र रिपोर्ट मागेको छ।

यसका साथै यदि राज्य चुनाउ आयोगले एक हप्ताभित्र रिपोर्ट दिएन भने मुख्य चुनाउ अधिकारी सिन्हालाई दिल्ली अफिसमा सोधपुछको निम्ति बोलाइने स्पष्ट गरिएको छ। एससी एसटी ओयोगका भाइस चेयरम्यान अरूण हालदारले भने, राज्य चुनाउ अधिकारीबाट रिपोर्ट मागिएको छ। यदि सात दिनभित्र जवाफ पाइएन भने उनलाई दिल्ली बोलाइनेछ।

उल्लेख्य, नामांकन प्रक्रियाको शुरूआतमै मुर्शिदाबादमा कांग्रेस कार्यकर्ताको गोली हिर्काइ हत्या गरियो, जो दलित समुदायका थिए। त्यसपछि बिहिवार नामांकनको अन्तिम दिन उत्तर दिनाजपुरको चोपड़ा र दक्षिण २४ परगनाको भांगड़मा पनि एक-एक व्यक्तिको गोली हिर्काइ हत्या गरिएको छ। यी घटनाहरूले राज्यभरिमा भयको माहोल छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement