राज्य सकारले फिर्ता लियो पञ्चायत चुनाउ फसेलामा पुनर्विचार याचिका

00-1-Rajya-Samachar-3

कोलकाताः कलकत्ता हाईकोर्टमा मुख्य न्यायाधीश टीएससी शिवगणमनको खण्डपीठले बुधवार संवेदनशील क्षेत्रहरूमा केन्द्रिय बलहरूको तैनातीको निर्देश दिएको थियो। यसलाई लिएर राज्य सरकारले पुनर्विचार याचिका लगाएको थियो। बिहिवार कोर्टमा यस मामिलामा तीखो बहस र मुख्य न्यायाधीशले चुनाउ आयोगको मामिलामा राज्य सरकारले कसरी याचिका लगाइरहेछ भनी सोद्धा पश्चिम बंगाल सरकारको होस आएको छ।

राज्य सरकारको तर्फबाट अधिवक्ता एवं सांसद कल्याण ब्यानर्जीले याचिका लगाएका थिए, जसपछि कोर्टमा बिहिवार तीखो बहस भयो र न्यायालयले पूरा राज्यमा ४८ घण्टाभित्र केन्द्रिय बलहरूलाई तैनात गर्ने निर्देश दिएको छ। अब राज्य सरकारले आफ्नो उक्त याचिकालाई शुक्रवार फिर्ता लिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement