फुलबारी ट्रक टर्मिनसबाट एक युवकको शव फेला

b7fe24a2-30ab-408a-9a64-233c484dbf14

सिलगढी: नयाँ जलपाइगढी थाना अन्तर्गत फुलबारी ट्रक टर्मिनसबाट एक युवकको शव फेला परेको छ। घटनाले क्षेत्रमा सनसनी फैलाएको छ। शुक्रबार बिहान ११ बजेतिर स्थानीयले शव देखेका थिए । पुलिसलाई खबर गरेपछि, नयाँ जलपाइगढी थानाको पुलिस दिउँसो १२ बजे घटनास्थलमा पुग्यो र शवलाई आफ्नो नियन्त्रणमा लिए र पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। शवबाट पुलिसले पर्स बरामद गरेको छ। यसमा भेटिएको आइकार्डबाट युवकको नाम रवि मर्दी रहेको थाहा भएको छ, उनी जलपाइगढी निवासी हुन् । नयाँ जलपाइगढी थानाको पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement