अलिपुरद्वारः पञ्चायत चुनाउको निम्ति आफ्नो दलबाट टिकट नपाउँदा अन्य दलहरूमा सामेल हुने प्रक्रिया यसघरी डुवर्सको राजनैतिक फाँटमा चलिरहेको छ। यस क्रममा शुक्रबार फेरि अलिपुरद्वार चापरेरपार ग्राम पञ्चायतका विदाई पञ्चायत सदस्य रञ्जन रायले आज तृणमूल छोड़ेर कंग्रेसमा सामेल भएको छ।
तृणमूल छोड़ेर यसरी कंग्रेसको परिवार सदस्य बन्न आएको रञ्जन रायलाई कंग्रेसको अलिपुरद्वार जिल्ला कार्यकारी अध्यक्ष शान्तानु देवनाथले कंग्रेसको झण्डा दिएर पार्टीमा स्वागत जनाएका छन्। मूलतः दलले टिकट नदिएकोले नै तृणमूल छोड़ेर कंग्रेसमा सामेल भएको विदाई पञ्चायत सदस्य अनि समर्थकहरूले बताएका छन्।
नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्ने क्रममा कंग्रेस अलिपुरद्वार जिल्ला कार्यकारी अध्यक्ष शान्तानु देवनाथले दुर्नीतिको विरोध गर्दै धेरै जनप्रतिनिधिहरू अहिले कंग्रेसमा सामेल भईरहेको र यसले कंग्रेसको शक्ति वृद्धि हुने र सुशासन ल्याउन कंग्रेसले काम गर्ने जनाएका छन्।










