नगरपालिकाद्वारा खरसाङ बजारको दोकानहरू र होटलहरूमा निरीक्षण जारी

IMG-20230616-WA0307.jpg

खरसाङ: खरसाङ नगरपालिकाद्वारा बजारको विभिन्न दोकानहरू र होटलहरूमा निरीक्षण गरिएको छ। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको अगुवाईमा भाइस चेयरम्यान सुवास प्रधान लगायत नगरपालिकाको पदाधिकारीहरू उपस्थित भएर खरसाङ बजारको विभिन्न दोकानहरू साथै होटलहरूमा आज निरीक्षण गरिएको छ। यस क्रममा दोकानहरू र होटलहरूमा ट्रेड लाईसेन्स, फुड लाईसेन्स, घरको ट्याक्स, घरको नक्सा लगायत विभिन्न दोकानहरूमा राखिएको सर सामानहरूका समयसीमा चेक गरिएको छ। समय सीमा नाघेर पनि बिक्रीमा राखिएको सर सामानहरू नगरपालिकाले जफ्त गरेका छन्। त्यसरी नै निरीक्षणको क्रममा ट्रेड लाईसेन्स, फुड लाईसेन्स नपाएकोहरूलाई झट्टै बनाउने निर्देश जारी गरिएको छ। यसै सन्दर्भमा खरसाङ व्यवसाय संगठनको आयोजनामा खरसाङमा दोकानपाटहरू र होटलहरूलाई लिएर सभा गरिएको छ। उक्त सभापछि पनि कुनै पनि दोकानहरू र होटलहरूले ट्रेड लाईसेन्स, फुड लाईसेन्स नबनाएको खण्डमा नगरपालिका ऐन अनुसार नगरपालिकाले कार्वाही गर्ने चेताउनी दिइएको छ। आजको निरीक्षण कार्यमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत नगरपालिकाको पदाधिकारीहरू क्रमैले रमेश सुब्बा, सरोज गजमेर, सञ्जय थापा, गोबिन अधिकारी साथै खरसाङ महकुमा कार्यालयमा आएका अधिकारीहरू उपस्थित रहेका थिए।

आजको निरीक्षण कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले यस्तो निरीक्षण समय समयमा भईरहने जानकारी गराएका छन्। उनले आजको निरीक्षण कार्य खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको अगुवाईमा सम्पन्न गरिएको र आज कतिवटा दोकानतिर ट्रेड लाईसेन्स र फुड लाईसेन्स नबनाएको पाइएको, कतिवटा दोकानतिर एक्सपायर भएको सामानहरू राखिएको पाएपछि नगरपालिकाले ती सामानहरू जफ्त गरेका साथै दोकानहरूले ट्रेड लाईसेन्स र फुड लाईसेन्स पनि झट्टै बनाईहाल्ने निर्देश जारी गरिएको पनि बताएका छन्। प्रधानले दोकानतिर ट्रेड लाईसेन्स र फुड लाईसेन्स नपाएको खण्डमा नगरपालिका ऐन अनुसार कार्वाही गर्दै दोकान बन्द गर्न पनि सकिने बताएका छन्। उनले आजको निरीक्षण कार्यको समय कतिवटा दोकानहरू बन्द गरेक भागेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement