खरसाङ सुपर लीग: युनाइटेड खरसाङ फूटबल क्लब ३-०-ले विजयी

photocollage_2023616183350221.jpg

१६ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले एकतर्फी जीत हासिल गऱ्यो। चानमारी मैदानमा शुक्रवार खेलिएको दिनको दोस्रो म्याचमा यूकेएफसी-ले हिल्स फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट साहिल राई, यांगदेन लामा र शिव राउतले गोल गरे। यस म्याचमा नितेश देवान मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा सुरेन गुरुङ र प्रतीक गुरुङ थिए। फोर्थ अफिसियलको जम्मेवारी सञ्जय थापाले निर्वाह गरेका थिए। लीगमा खरसाङ निर्वाचन क्षेत्रका जम्मा ११ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ जूनमा खेलिनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement