नयाँ दिल्ली: फ्रान्सको अटो कम्पनी रेनो भारतमा १० लाख वाहन उत्पादन गरेर नयाँ शिखरमा पुगेको छ र वर्ष २०३० सम्ममा २० लाखको स्तरसम्म पुग्ने महत्वाकांक्षी लक्ष्य निर्धारित गरेको छ। रेनो इण्डियाका एक शीर्ष अधिकारीले यस्तो जानकारी दिएका छन्। वर्तमानमा कम्पनीले नयाँ मोडलहरूमाथि काम गरिरहेको छ, जसमा तेल-ग्यास इञ्जिन भएका दुईवटा वाहन र ए श्रेणी (सानो कार)-को विद्युतीय वाहन (ईभी) सामेल छन्, जुन २०२५ सम्ममा लञ्च हुनेछ। कम्पनीको सबै वाहनलाई चार मिटरको परिधिभित्र ल्याउने योजना रहेको छ। हाल, रेनो इण्डियाका कारहरू ओरागाडम, चेन्नईमा स्थित यसको कारखानामा उत्पादन गरिन्छ, जसको वार्षिक क्षमता ४,८०,००० वाहन रहेको छ।
रेनो इण्डियाका मुख्य कार्यकारी अधिकारी (सीईओ) एवम् प्रबन्ध निर्देशक (एमडी) भेंकटराम ममिलापल्लेले बुधवार पत्रकारहरूलाई भने, हामी इलेक्ट्रिक वाहन (ईभी) बजारमा प्रवेश गर्दैछौं। हामी चार मिटरभन्दा लामो वाहनहरूको खण्डमा पनि प्रवेश गर्दैछौं। हामीसँग पहिलादेखि नै भारतमा क्विड, काइगर र ट्राइबर जस्ता कारहरू छन्। रेनोको निम्ति वृद्धिको प्रवृत्ति लगातार राम्रो रहेको छ। नयाँ उत्पादहरुसँग हामी (नाफाको मामिलामा) अझ राम्रो गर्नेछौं भन्ने मेरो सोच रहेको छ। निसानसँगको साझेदारीमा विकास भइरहेको मोडलबारे प्रश्न गरिँदा ममिलापल्लेले भने, नयाँ उत्पाद २०२५ मा बजारमा आउने सम्भावना छ र त्यो चार मिटरभन्दा लामो वाहनको खण्डमा हुनेछ।
भारतमा कुल वाहन बिक्रीमा ममिलापल्लेले भने, रेनोले गत वर्ष घरेलु बजारमा रेकर्ड ८४,००० वाहन बिक्री गरेको र २८,००० वाहन निर्यात गरेको थियो। कम्पनीको तमिलनाडु प्लाण्टले १० लाख वाहन उत्पादन गर्ने ऐतिहासिक आंकड़ा पार गरेको पनि उनले बताए। कम्पनीले गत फरवरीमा आफ्नो साझेदार निसान मार्फत रु ५,३०० करोड़ रुपियाँको नयाँ लगानीको घोषणा गरेको थियो।