खरसाङ सुपर लीग:रोमाञ्चक जीतको साथ चैतेपानी एफसी सेमिफाइनलमा

photocollage_2023616165250479.jpg

१६ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा चैतेपानी फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। चानमारी मैदानमा शुक्रवार खेलिएको ग्रुप ए-को म्याचमा चैतेपानी एफसी-ले युनाइटेड टुंग एफसी (आईटीआई)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट निखिल तामाङ र प्रतीक घलेले गोल गरे। यसरी टुंग एफसी-बाट रोशन थापाले गोल गरे। आजको पहिलो म्याचमा प्रतीक गुरुङ मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा सुरेन र नितेश देवान थिए। फोर्थ अफिसियलको जम्मेवारी जयेस प्रधानले निर्वाह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement