संजीब राईलाई गोरामुमो अध्यक्ष मन घिसिङद्वारा श्रद्धाञ्जली अर्पण

IMG-20230616-WA0268.jpg

सोनादा: गोरामुमो रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत निम्न सोनादा रंगबुक बगल धुरा शाखा अध्यक्ष संजीब राईलाई श्रद्धाञ्जली अर्पण गर्न आज गोरामुमो अध्यक्ष मन घिसिङ रंगबुक चियाबारी पुगेका थिए। गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, अरुण राई, केन्द्रीय समिति कार्यलय सचिव अमर तामाङ, गोरामुमो खरसाङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरुङ लगायत दार्जीलिङ ब्राञ्च कमिटी सदस्यगण , गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवाल साथै गोरामुमो कार्यकर्ताद्वारा श्रद्धाञ्जली अर्पण गरेका छन्।संजीव राई दिनाङ्क १५ जुन २०२३ को दिन पञ्चायत चुनावको उम्मेदवारको निम्ति नामाकंन पत्र दर्ता गराउनको निम्ति सुके खण्ड विकास कार्यालय पुगेका थिए। तर अचानक उनको ह्रदयघात भएपछि सुके अस्पतालमा भर्ना गराएपछि त्यहाँ उपचार गर्न असम्भव रहेको अस्पतालले जानकारी गराएपछि संजीब राईलाई दार्जीलिङ जिल्ला अस्पताल पुर्‍याएका थिए। तर अस्पताल पुगेपछि उनलाई मृत घोषित गरिएको बताइएको छ।

संजीब राई १९८६ सालको एक वीर योद्धा थिए। जाति र माटो प्रति समर्पित गोरामुमोको कर्मठ सदस्य थिए भनी गोरामुमोले बताएका छन्। केही दिन अघि मात्र केन्द्रीय कार्यालय दार्जीलिङमा मेरो वहाँसंग मेरो भेटघाट भएको थियो। आज गोरामुमो वहाँको निधनमा शोकमा डुबेको छ। गोरामुमोले एउटा धुरी खम्बा गुमाएको मैले आभास गरेको छु भनी गोरामुमो अध्यक्ष मन घिसिङले जनाएका छन्। यसै क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले परिवार पक्षलाई भेटघाट गरी संवेदना प्रकट गरी यस दु:खद घडीमा गोरामुमो सदेव परिवारको साथमा रहेको मन घिसिङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement