सोनादा डिग्री कलेजका प्रा. विशाल थापा बने एनसीसी कैडेड अफिसर

IMG-20230616-WA0270.jpg

सोनादा: सोनादा डिग्री कलेजका अङ्ग्रेजी विभागका प्रमुख प्रा विशाल थापा एनसीसी क्याडेड अफिसर बन्न सक्षम बनेका छन्। उनले गत वर्ष १३ अगष्ट २०२० देखि २२ अक्टोबर २०२० सम्म राष्ट्रीय केडेड कोर अफिसर प्रशिक्षण अकादमी कामठीबाट अफिसरको प्रशिक्षण लिएका थिए। प्रशिक्षण अकादमीको तर्फबाट उनलाई एनसीसी केडेड अफसरको लिखित प्रमाण पत्र प्राप्त भएकोमा उनलाई कलेजका शिक्षण- अशिक्षणकर्मीहरू लगायत विद्यार्थीहरूले हार्दिक बधाई टक्राएका छन्। अनुशासित, कर्तव्यनिष्ठ प्रा विशाल थापाको नियुक्ति भएपछि नै सोनादा डिग्री कलेजमा एनसीसी शुरु भएको थियो। शुरुदेखि नै उनले कलेजको एनसीसीलाई अघि बढाउन धेरै मेहनत गरेका थिए। आजसम्म कलेजका एनसीसी केडेडहरू सैनिक, अर्द्ध सैनिक, पुलिस आदि विभागमा रोजगार पाउन सक्षम भएका छन् भने गत् ३० र ३१ मईको दिन कलेजमा आएका न्याक पियर टीमका सदस्यहरूलाई कलेजको एनसीसीले भव्य स्वागत जनाएका थिए। कलेजको एनसीसीको क्रियाकलाप देखेर उनीहरू धेरै प्रभावित भएका थिए। एनसीसी र एनएसएस दुवै नै कलेजको विशिष्ट निकायहरू हुन्। यसरी आफ्नो अनुशासन, लगनशीलता तथा मेहनतको फलस्वरूप प्रा विशाल थापा एनसीसी केडेड अफसरको रूपमा मनोनित हुनु कलेजकै निम्ति ठूलो उपलव्धि भएको कलेज पक्षले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement