चक्रवात बिपरजोयको ताण्डवले गुजरातका कच्छ, द्वारका, जामनगरमा निम्त्यायो व्यापक विनाश

00-1-Cyclonee-1-2


अहमदाबाद: चक्रवात बिपरजोय कच्छ जिल्लाको मांडवी तहसील अधिनस्थ जखौ बन्दरगाह नजिक ठोक्किएपछि हिजो अबेर रातिसम्म यसको प्रभाव सम्पूर्ण कच्छ, द्वारका र जामनगर जिल्लामा कायम रह्यो। चक्रवातको ल्याण्डफलको प्रक्रिया राति साढे़ बाह्र बजेसम्म चल्यो। यस अवधि जल, थल र नभमा बवण्डर मच्चियो। तीव्र हावासितै आएको मुसलधारे पानीले विनाश निम्तयायो। यो तूफान छह घण्टाको अवधिमा १३ किलोमीटरको वेगले अघि बढ़िरहेको छ। जखौ बन्दरगाहदेखि ४० किलोमीटर टाड़ा उत्तर पूर्वमा गएको छ भने नलियादेखि ३० किलोमीटर उत्तर पूर्वमा गइसकेको छ। मुसलधारे पानीको कारणले ठाउँ-ठाउँमा पानी भरिएको छ।
राहत कमिश्नर आलोक पाण्डेय अनुसार कच्छमा मात्र दुई घण्टामा ७८ मिलीमीटर ४ इञ्च पानी परेको छ। २४० वटा गाउँहरूमा बिजुली आपूर्ति बाधित भएको तथा रूखहरू ढलेको जस्ता घटनाहरू सर्वाधिक भएका छन्। कच्छ-सौराष्ट्र जिल्लामा एक हजारभन्दा अधिक रूख धराशायी भएका छन्। द्वारकामा ७३ रूख ढलेका छन्। अहिलेसम्ममा २२ जना मानिसहरू घाइते भएको सूचना प्राप्त भएको छ। अब तूफान दक्षिण राजस्थानतिर बढ़ेको छ। चक्रवातको ल्याण्डफल भएपछि द्वारका जिल्लामा हुरी-बतास आयो। खंभालियामा सर्वाधिक नोक्सान भएको समाचार छ। जिल्लामा १५०० भन्दा अधिक बिजुलीको पोल झरेको समाचार छ। जिल्लामा पीजीवीसीएलको ११७ टीमलाई तैनाथ गरिएको कच्छका मांडवी, नलिया, नारायण सरोवर, जखौ बन्दरगाह, मुंद्रा र गान्धीधाम समेत कैयौं क्षेत्रहरूमा बिपरजोयले विध्वंश गरेको छ। मांडवीमा गए १८ घण्टादेखि नै बिजुली काटिएको छ।
भारत मौसम विज्ञान विभाग (आईएमडी)अनुसार गुजरातको तटसित ठोक्किएपछि विपरजोय झन् बढ़ी विनाशकारी भयो। यो तीव्र वेगमा सौराष्ट्र-कच्छतिर बढ़्यो त्यसपछि मांडवीमा तूफानी हावा शुरू भयो। आईएमडी मुताविक चक्रवातको कारणले उत्पन्न हुने जोखिमलाई ध्यानमा राखेर समुद्री तटहरूबाट ९४ हजार मानिसहरूलाई अन्यत्र स्थानान्तरण गरिएको थियो जसकारण ज्यान-मालको क्षति हुनदेखि बँचेको छ। -हिस  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement