जनताको सम्पतिसंग आफु खुशी गर्न दिने छुइन: पेमिला भोटिया

Screenshot_20230616_140010_WhatsApp.jpg

दार्जीलिङ: जनताको सम्पतिसंग खेलवाड गर्न दिने छुइँन यो मन्तव्य नगरपाषार्दिका पेमिला दोर्जी भोटियाले पोखेको हो।दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर १६ को नगरपाषर्दिका पेमिला दोर्जी भोटियाले एक विज्ञाप्ति जारी गरेर दानपाले वार्ड नम्बर १६ मा पानीको पाइप जडान गरी दिएकोमा आभार जनाएका छन। जारी गरिएको प्रेस विज्ञाप्तिमा भोटियाले वार्ड नम्बर १६ मा फायर हाइडे्रन पाइप जडान गरी दिए धेरै राम्रो हुने थियो भन्ने बताएकी छिन। वार्ड नम्बर १६ धेरै बाक्लो वार्ड भएको हुनाले गर्दा कुनै पनि प्राकृतिक आपदाहरू भएको खण्डमा यस क्षेत्रमा सहयोगको निम्ति गाडीहरू जान सक्ने स्थिति छैन, त्यसकारण यस वार्डमा फायर हाइडे्रनको अति नै जरूरी रहेको नगरपाषर्दिका भोटियाले बताए।तिनले अधि भने रितेश पोर्तेल चेयरम्यान छदाँ आफु एमआईसी पदमा थिए अनि त्यस अवधि मैले प्रत्येक वार्डहरूमा पब्लिक हाइडेन जोडने काम गरेका थिए, त्यसै अवधि मैले मेरो वार्ड नम्बर १६ मा पनि पब्लिक हाइडेन जोडेको थिए अनि त्यो मैले सर्वजनिक भवन छेवमा जोडने काम गरेको छु। त्यस अवधि मैले बर्तमान चेयरम्यान दीपेन ठकुरीको वार्डमा पनि पब्लिक हाइडेन दिएको हो तर त्यसको पब्लिक हाइडेन कहाँ गयो मलाई थाहाँ छैन नगरपाषर्दिका भोटियाले भने। चेयरम्यान ठकुरीले जे जस्ता कार्यहरू गर्दै आई रहेका छन ती सवै पर्सनल लिएको स्पष्ट भान भई रहेको भोटियाँले भने। तिनले अधि मैले शहरको पपूलर फर्मेसीको माथिल्लो तल्लामा रहेको नगरपालिकाको सम्पतिसंग खेलवाड गरी रहेको छ जसको मैले विरोध जनाउँदै आई रहेको छु। जनताको सम्पतिको पक्षमा मैले आवाज उठाउँदै आई रहेको छु, मेरो यौ कुरामाथि चेयरम्यान ठकुरीले ब्यक्तिगत लिएको नगरपाषर्दिका भोटियाँले आरोप लगाए। पपूलर फर्मेसीमाथिको सम्पति १० लाख रूपियाँको सम्पति होइन अर्को कुरा बर्तमान बोर्डले पालिकाको नियमलाई ताकमा राखेर विना टेण्डर,पालिकाको बैठक विना आफु खुशी प्रकारले एक ब्यापारीलाई १० लाख रूपियाँको सलामी लिएर १२ रूपियाँको किरायमा दिएको छ, जो उचित होइन, पपूलर फर्मेसीको सम्पति करोड रूपियाँको सम्पति हो, त्यसलाई पतुरको भावमा दिएको छ, नगरबासीको आखाँमा धूलो हाल्नलाई विभागीय नगरपार्षदहरूले आ आफ्नो प्रकारले बयान दिन्दै आई रहेको छ। मैले सत्य तथ्य प्राप्त गर्नलाई आरटीआई दर्ता गरेको छु तर मेरो आरटीआईको जवाफ अझसम्म दिएको छैन भोटियाँले भने।युनियनको भाइहरूले पहिला खुबै विरोध गरेको थियो तर चेयरम्यानसंग बैठक गरेर निस्केपछि उनीहरू खुशी भएर निस्केका थिए। पपूलर फर्मेसीमाथिको सम्पति युनियनको होइन, एक दुई जना भाइहरू खुशी भएर हुदैन,नगरबासी खुशी हुन पर्छ भोटियाँले भने। नगरपालिकामा कार्यरत आस्थायी कर्मचारीहरू स्थायीकरण नभई अवकाश हुने कर्मचारी हरूलाई पपूलर माथिको सम्पतिमा कम्ति किरायमा एउटा दोकान दिए धेरै राम्रो हुनेछ। पपूलर फर्मेसीको माथि रहेको सम्पतिमा कम्तिको पनि १४ वटा दोकान हरू निस्कन्छ भोटियाँले भन्ने जारी गरिएको प्रेस विज्ञाप्तिमा उलेख गरेको छ।

About Author

Advertisement