कुपवाड़ा: सुरक्षाबलहरूले कुपवाड़ा जिल्लाको जुमागुंड क्षेत्रमा शुक्रबार बिहान भिडन्तमा पाँच विदेशी आतङ्कवादीलाई मारेको छ। एडीजीपी कश्मीरले ट्वीट सन्देशमा उक्त जानकारी दिएका छन्। एडीजीपी कश्मीरले ट्वीटमा भनेका छन्, ‘कुपवाड़ामा भएको भिडन्तमा पाँच विदेशी आतङ्की मारिएका छन्। क्षेत्रमा अझै पनि खोजी अभियान चलाइएको छ।’ जम्मू-कश्मीरमा आतङ्कवादीहरू विरूद्ध चलाइएको अभियानमा यो सफलता सेना, पुलिस र सीआरपीएफको संयुक्त कारबाहीमा प्राप्त भएको हो। विस्तृत जानकारीको प्रतीक्षा रहेको छ। -हिस