बागडोग्रा। तृणमूल दार्जीलिङ जिल्ला सभानेत्री पापिया घोषले सिलगढ़ी महकुमा परिषदको चुनाउ समय मतदान गरेकी छन्। आफ्नो मतदान केन्द्र २५/११९ नम्बर बुथमा पुगेर सभानेत्री पापिया घोषले मतदान गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै सिलगढ़ी महकुमा परिषदको यो चुनाउमा तृणमूलको जीत सुनिश्चित रहेको दाबी गरेकी छन्। समाचार लेखुञ्जेल, बागडोग्रामा चुनाउ शान्तिपूर्ण चलिरहेको बताईएको छ।