१६ जूनः सब्स्टीट्यूड खेलाड़ी जोसुलेले अन्तिम समयमा दिलाएको गोलको सहायताले रोमाञ्चक जीत दर्ता गरी स्पेनले यूएफा नेशन्स लीग फूटबल टुर्नामेण्टको फाइनलमा स्थान बनायो। बिहीवार अबेर राति खेलिएको म्याचमा स्पेनले इटलीलाई २-१-ले पराजित गऱ्यो। म्याचमा लगभग अन्तिम समयसम्म स्कोर १-१-को बराबरीमा रहेको थियो तर जोसुलेले ८८औं मिनटमा फुर्तिको साथ गोल गरी स्पेनलाई फाइनलमा पुऱ्याए। यसअघि इटलीका अनुभवी डिफेण्डर लियोनार्दो बोनुचीको गल्तीको फाइदा उठाउँदै येरेमी पिनोले स्पेनलाई तेस्रो मिनटमै बढ़त दिलाए। त्यसपछि स्पेनिश डिफेण्डर रोबिन ते नोरमाण्डले डी बक्सभित्र ह्याण्डबल गर्दा इटलीलाई पेनल्टी किक् हासिल भयो। अनुभवी स्ट्राईकर सिलो इम्मोबिलले ११औं मिनटमा स्पट किकबाट गोल गरी इटलीलाई १-१-को बराबरीमा पुऱ्याए। यसरी स्पेनसँग अहिले २०१२-को यूरो कपपछि ठूलो खिताब जित्ने मौका हासिल भएको छ। स्पेनले फाइनलमा क्रोएशियाको चुनौती स्वीकार्नेछ।