सिलगढ़ा। सिलगढ़ी महकुमा परिषदको चुनाउको मतदान अवधि आज सिलगढ़ी फाँसीदेवा चट्टहाटमा निर्दल प्रार्थी समर्थक र तृणमूल समर्थकहरूमाझ सङ्घर्ष शुरु भएको घटना प्रकासमा आएको छ। निर्दल प्रार्थी अख्तर अलीले आरोप लगाएअनुसार तृणमूल समर्थकहरूले आज निर्दल प्रार्थीको पोलिङ एजेन्टलाई बुथमा प्रवेश गर्न बाधा दिनको साथै कुटपीट गरेर टाउको फुटाएको छ। अन्य ठाउँहरूमा पनि बाधा पक्रन गराएको तिनीहरूले आरोप लगाएका छन्।
अर्कोतिर तृणमूल समर्थकहरूले खालपाड़ा चट्टहाट क्षेत्रमा आज निर्दलीय समर्थकहरूले तृणमूल समर्थकको वाहन तोड़फोड़ गरेको र अशान्ति उत्पन्न गराउन खोजेको आरोप लगाएका छन्। महकुमा परिषदका तृणमूल प्रार्थी आईनुल हकले सबैकुरा शान्तिपूर्ण चलिरहेको तर चुनाउमा निर्दल प्रार्थीहरूको पराजय निश्चित देखिएकोले तिनीहरूले झगड़ा सृष्टि गर्न खोजेको आरोप लगाएका छन्। यता निर्दलीय प्रार्थी अख्तर अलीले तृणमूलले लगाएको आरोप झुटो रहेको दाबी गरेका छन्।