अण्डर१८ विश्व रेकर्ड तोड़ेर अघिल्लो राउण्डमा पुगिन् अदिति

IMG-20230615-WA0380.jpg

१५ जूनः भारतकी युवा धनुर्धर अदिति स्वामीले कोलम्बियाको मेडेलिनमा आयोजित धऩु-काँड़ (आर्चरी) विश्व कपको तेस्रो चरणमा अण्डर१८ विश्व रेकर्ड तोड़ेर अघिल्लो राउण्डको निम्ति क्वालीफाई गरिन्। गत वर्ष दिसम्बरमा एशिया कपको तेस्रो चरणमा रजत पदक जित्ने १६ वर्षीय अदितिले महिलाहरूकी कम्पाउण्ड वर्गमा ७२०-मा ७११ अंक बटुलेर पहिलो स्थान हासिल गरिन्। पहिलोपल्ट विश्व कप सत्र खेलिरहेकी अदितिले ७०५ अंकको गत रेकर्ड तोड़िन्, जुन अमेरिकाकी लाइको अरेओलाले बनाएकी थिइन्। अदितिले भनिन्, यो असाधारण रह्यो। म धेरै खुशी छु। यस्तो स्कोर गर्नेछु भन्ने मलाई विश्वास थिएन।
भारतकै विश्व कपमा स्वर्ण पदक विजेता ज्योति सुरेखा वेन्नम पनि अदितिभन्दा पछि रहिन्। अदिति, ज्योति र परणीत कौरले टीम वर्गमा पनि क्वालीफिकेशनमा पहिलो स्थान हासिल गरिन् तर विश्व रेकर्ड तोड़्नदेखि केवल एक अंकले गर्दा चुकिन्। पुरुष वर्गमा पहिलो दुई चरणदेखि बाहिर रहने अभिषेक वर्मा भारतीयहरूमा शीर्षमा रहे। ओजस देवता १३औं र प्रथमेश जावकर १९औं स्थानमा रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement