सिटोङ १ ग्राम पञ्चायतको निम्ति भाजपा प्रार्थीहरूले भरे नामाङ्कन

MAN-1.jpg

मङ्पु: आगामी ८ जुलाईको दिन सम्पन्न हुने दुई स्तरीय चुनाउको लागि सिटोङ १ ग्राम पञ्चायतको निम्ति भारतीय जनता पार्टीका सदस्यहरुले पनि नामाङ्कन पत्र भरेका छन्। प्राप्त जानकारी अनुसार सिटोङ खस १, २, ३ बाट क्रमैले शिक्षा तामाङ, छोकिल लेप्चा र फानोस लेप्चाले अनि ट्राइबल स्कूल ४ र ५ बाट मोहन राई र प्रबिन राईले नामाङ्कन बुझाएका छन्। यसैगरी, पञ्चायत समितिको निम्ति तनुजा आलेले भाजपा पार्टीबाट नामाङ्कन पत्र दर्ता गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement