एसएसबीद्वारा एक दिवसीय रक्तदान शिविर आयोजित

IMG-20230615-WA0377.jpg

गान्तोक: ६९ बटालियम सशस्त्र सीमा बटालियन रिनाकको पहलमा आज युनिट अस्पतलामा एक दिवसीय रक्तदान शिविर आयोजना गरियो। यस कार्यक्रमको थिम रक्तदान अमृत महोत्सव रहेको थियो भने डा. डोमा लाचेन्पा र एसिस्टेन्ट कमाण्डार डा. कुन्दन जैसवाल (मेडिकल) र सेन्ट्रल रेफरल अस्पतालको संयुक्त पहलमा आयोजित रक्तदान शिविरमा ओसी लगायत ३२ जना अधिकारीहरूले रक्तदान गरे। कुनै पनि मानिसहरू रक्तको अभावले ज्यान गुमाउन नपरोवस् भन्ने ध्येय राखेर रक्तदान शिविर आयोजना गरिएको जानकारी गराएको छ। सोही प्रकारले तेस्रो बिहार रेजिमेन्ट चालिसेका 8 जना अधिकारीहरूले पनि रक्तदान गरेको एसएसबीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। एसएसबीले निरन्तररूपमा विभिन्न स्थानमा रक्तदान शिविर आयोजना गर्दै आइरहेको छ।

About Author

Advertisement