कालेबुङ: सन्दिप राई लदाम,लोवर रबेक निवासी भाजपा उम्मेदवार हुन् जो कालेबुङ जिल्लाकै सबैभन्दा सानो उमेरको उम्मेद्वार हुन। उनी लदाम,लोवर रबेक संसदबाट पञ्चायत चुनाउमा खड़ा भएका छन्। भाजपा उम्मेदवार २२ बर्षिया सन्दिप राईलाई पार्टीले टिकट प्रदान गर्दै नामाङ्कन पत्र बुझाए।कालेबुङ ३८ नम्बर समष्टि अन्तर्गत कागे ग्राम पञ्चायत स्थित लदाम,लोवर रबेक संसदबाट पञ्चायत चुनाउमा खड़ा भएका छन्। स्मरण रहोस्, अहिलेसम्म कालेबुङ जिल्लामै यस पञ्चायत चुनाउ मैदानमा उत्रिएको सबै भन्दा सानो उम्मेदवार रहेको जानकारी पेदोङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले दिएका छन्।