लोवर चुङथुङको १५ परिवारले समाए हाम्रो पार्टीको झण्डा

IMG-20230615-WA0333.jpg

दार्जीलिङ: चुङथुङ मेरीबुङ समष्टि अन्तर्गत पर्ने लोवर चुङथुङका टीएमसी लगायत अनय दलको १५ परिवारहरूले समष्टि अध्यक्ष सतेन घले उर्फ घले साहेब, सचिव विशाल दर्नालको नेतृत्वमा आज हाम्रो पार्टीमा सामेल भएको छ।शहरको नेहरू रोड स्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको नीजि वासस्थानमा आज लोवर चुङथुङको १५ परिवारहरूले हाम्रो पार्टीलाई समर्थन जनाएका छन।समर्थन गर्नेहरूमा तृणमूल काग्रेस लगायत अन्य पार्टीका हुन। पार्टी अध्यक्ष अजय एडवाडर्सले समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पिए। हाम्रो पार्टीको भिजन र जनहित कार्यहरूप्रति पहाडदेखि लिएर तराई डुवर्स आदि क्षेत्रका मानिसहरू प्रवाहित बनेका छन। समर्थन जनाउँन आएका समर्थकहरूले पार्टीको भिजन र पार्टीको जनहित कार्यहरूलाई घर घरमा पूर्याउने संकल्प लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement