१५ जूनः डामडिम फ्रेण्ड्स यूनियन क्लबको आयोजनमा जारी गोल्ड कप नक्आउट फूटबल टुर्नामेण्टमा शान्तिनगर यूनिक क्लब, हल्दीबारीले फाइनलमा स्थान बनायो। बिहीवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा शान्तिनगर यूनिक क्लबले कालेबुङ पुलिसलाई सडन डेथमा पराजित गऱ्यो। नियमित समयको खेलमा हल्दीबारीको टीमबाट पप्पू रोयले गोल गरे। यसरी नै कालेबुङ पुलिसबाट प्रणीत सुन्दासले गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि पेनल्टी शूटआउटमा पनि स्कोर ४-४-को बराबरीमा रहँदा सडन डेथको सहारा लिइयो। विजेता टीमका गोलकीपर सुमन्त रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार (१८ जून) खेलिने फाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) र शान्तिनगर यूनिक क्लब, हल्दीबारीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई विनर्स ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा फेयर प्ले ट्रफी पनि रहेको छ।