गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले २०२२ को यूपीएअससी परीक्षामा १५१ ऱ्यांक प्राप्त गरेर उल्लेखनीय उपलब्धि हासिल गर्ने गान्तोककी दीपिका अग्रवालसितसंग धेरे विषयमाथि चर्चा गरे। मुख्यमन्त्री तामाङले अग्रवालको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै बधाई दिए। उनले उनको उपलब्धिको महत्वलाई जोड दिए र भविष्यका प्रयासहरूमा महत्त्वपूर्ण प्रभाव पार्ने क्षमतामा विश्वास व्यक्त गरे। म दीपिका अग्रवाललाई उनको असाधारण प्रदर्शनको लागि मेरो हार्दिक बधाई दिन्छु मुख्यमन्त्रीले भने। दीपिका अग्रवालले मुख्यमन्त्रीको सहयोगको लागि कृतज्ञता व्यक्त गरिन्।