खरसाङ: पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाउने बिहीबार अन्तिम दिन खरसाङ खण्ड विकास कार्यालयमा विभिन्न राजनैतिक पार्टीहरू र निर्दलीय गरी पञ्चायत सदस्यमा ७६ अनि पञ्चायत समितिको लागि ४५ जनाले नामांकन पत्र बुझाएको जानकारी खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वासले जानकारी गराएका छन्। उनले बताए अनुसार बिहीबार मात्रै पञ्चायत सदस्य र पञ्चायत समितिको लागि विभिन्न राजनैतिक पार्टीहरू र निर्दलीय गरेर जम्मा १२१ जनाले नामांकन पत्र बुझाएका छन्। पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाउने बिहीबार अन्तिम दिनपछि खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटा ग्राम पञ्चायतहरूमा ग्राम पञ्चायत सदस्यहरू र पञ्चायत समितिको लागि जम्मा ४४३ जनाले आफ्नो नामांकन पत्र बुझाएका छन्। बिहाबारसम्म बुझाएका ४४३ जनाको नामांकन पत्रको जाँच १७ जूनको दिन हुनेछ भने २० जूनसम्ममा आफ्नो उम्मेद्वारिता फिर्ता लिन सक्नेछन्। बिहीबार पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाउने अन्तिम दिन कतिवटा राजनैतिक पार्टीहरू र स्वतन्त्र प्रार्थीहरूले नामांकन पत्र बुझाएका छन्। तर नामांकन पत्र बुझाउने अन्तिम दिन निक्कै भीड़ हुनसक्ने अनुमान लगाइए पनि आज खरसाङ खण्ड विकास कार्यालयमा अन्तिम दिन बेसी भीड़ भने देखिएन। नामांकन पत्र बुझाउने अन्तिम दिन खरसाङ खण्ड विकास कार्यालयमा १४ जूनसम्म नामांकन पत्र बुझाउन छोडिएकाहरू र केही निर्दलीय प्रार्थीहरूले नामांकन पत्र बुझाएको देखियो। खरसाङमा नामांकन पत्र बुझाउनेहरूका भीड़ सबैभन्दा बेसी १३ र १४ जूनको दिन भएको थियो भने आज अन्तिम दिन केवल अरू दिन छोड़िएकाहरू र निर्दलीय प्रार्थीहरूले नामांकन पत्र बुझाएका छन्। अन्तिम दिन विशेष गरी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, गठबन्धनबाट भाजपा, क्रामाकपा, गोरामुमो, हाम्रो पार्टी,गोजमुमोले नामांकन पत्र बुझाएका छन् भने केही निर्दलीय प्रार्थीहरूले पनि नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरेका छन्। उल्लेखनीय छ पञ्चायत चुनावको लागि खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा बुधबारसम्ममा पञ्चायत सदस्य र पञ्चायत समितिको लागि जम्मा ३२२ जनाले आफ्नो नामांकन पत्र बुझाईसकेका थिए।