१५ जूनः दुई प्रतिभाशाली महिला फूटबलर सुस्मिता लेप्चा र शिवानी शर्माले २७औं हीरो सीनियर वूमन्स नेशनल फूटबल च्याम्पियनशीपको निम्ति बंगालको २२ सदस्यीय टीममा स्थान पाएका छन्।

अहिले यी दुईजना खेलाड़ी टीमसँग पञ्जाबको अमृतसरमा रहेका छन्। यसको साथमा जलपाईगडीकी वन्दना रोय पनि टीममा रहेकी छन्। आज बंगालको पहिलो म्याच हिमाचल प्रदेश विरुद्ध रहेको थियो तर खराब आउटफील्डले गर्दा म्याच हुन सकेन। उल्लेखनीय छ, सुस्मिता लेप्चा उत्तर बंगालको अग्रणी क्लब युनाइटेड ब्रदर्सका कप्तान सोनम लेप्चाका बहिनी हुन्।