पार्टीबाट टिकट नपाउनेहरूले पनि अन्य दल र निर्दलीय प्रत्याशीको रुपमा नामाङ्कन जमा

00-1-Chhetriya-Samachar-3

कालचिनीः यसपालीको त्रिस्तरीय पञ्चायत चुनाउमा सत्तारूढ़ दल तृणमूलबाट विदाई जनप्रतिनिधि एवम् धेरै क्याडरहरूले आशा अनुरूप चुनाउ लड़ने टिकट नपाउँदा रुष्ठ बनेका जनप्रतिनिधिहरू एवम् क्याडरहरूले अन्य दलबाट नभए निर्दलीय प्रार्थीको रुपमा नामाङ्कन जमा गरिएको देखिएको छ। यस क्रममा कालचिनी पञ्चायत समितिको विदाई सभापति अरुणा परियारले पनि तृणमूलबाट टिकट नपाउँदा सीपीआईएमबाट समितिको निम्ति नामाङ्कन दर्ता गरेकी छन्। यसरी नै डुवर्सको अलिपुरद्वार एक नम्बर ब्लक अधिनस्थ चकोवाखेती ग्राम पञ्चायतका विदाई प्रधान लतिका रायले पनि तृणमूलबाट टिकट नपाउँदा स्वतन्त्र उम्मेदवारको रुपमा पञ्चायत समितिको निम्ति बिहीबार आफ्नो नामाङ्कन जमा गरेकी छन्।
यता धेरै जसो विदाई पञ्चायत सदस्य, प्रधान, समिति सदस्यहरूले आ-आफ्नो दलबाट टिकट नपाउँदा अन्य दल वा निर्दलीय रुपमा नामाङ्कन जमा गर्ने प्रक्रियाले यसपालीको पञ्चायत भोटको परिणामको अंकगणित निकै बिग्रिन सक्ने पर्यवेक्षकहरूको अनुमान रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement