नाम्चीः किताम बहुउद्देश्यीय सहकारी समितिको २३औं वार्षिक आम सभा तथा किताम दुग्ध उत्पादक सहकारी समितिको ८औं आम सभा आज किताम मुनाल हलमा सम्पन्न भयो। उक्त कार्यक्रम अवधि समितिको नवनिर्मित भवनको पनि सिक्किम मिल्क युनियनका उपाध्यक्ष देवान राईले उद्घाट गरे। यस अवसरमा जमीनदाता रञ्जीतनाथ प्रधान तथा उनका परिवार र सिस्को ब्याङ्क नाम्चीका शाखा प्रबन्धकलाई अभिनन्दन जनाइयो। सभामा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरियो, जसमा विगत वर्षसम्म समितिले ८,४४,००० रूपियॉं नाफा आर्जन गरेको जानकारी गराइयो।
मुख्य अतिथि राईले दुग्ध सहकारी समितिको सञ्चालन हेतु आज उद्धाटन भएको भवनको बढ़ोत्तरीको निम्ति पाँच लाख रुपियाँ अनुदानको निम्ति युनियनमा माग राख्ने अनि दिलाउने आश्वासन दिए। सभामा पुरानो कार्यकारिणी समितिलाई नै पुनः आउँदो कार्यकालको निम्ति चयन गरियो। यसरी नै विभिन्न विभाग र ब्याङ्कका प्रतिनिधिले सरकारका विभिन्न योजनाहरुको विषयमा जानकारी गराएका थिए।
-हिस