बंगालमा भीषण लू, अस्पतालहरूमा मौसमी बिमारीहरूले पीड़ितहरूको लाइन

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालमा जून महिनाको मध्यमा भीषण गर्मी र लूले सताइरहेछ। अलीपुर स्थित मौसम विभागको क्षेत्रीय मुख्यालयको तर्फबाट बिहिवार जारी बयान अनुसार, कोलकातामा अधिकतम तापक्रम लगभग ३९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्यभ्दा चार डिग्री धेरै छ। जबकि न्यूनतम तापक्रम ३०.७ डिग्री सेल्सियस छ, जुन सामान्यभ्दा चार डिग्री धेर छ। कोलकाताका साथै हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत जंगलमहलका विस्तृत क्षेत्रहरूमा लू चलिरहेछ, जसेल गर्दा मानिसहरूको बेहाल छ।

भीषण गर्मीबीच बादल छाएको कारण गरम हावा माथि जान सकिरहेको छैन र गुम्सिएको गर्मी भइरहेछ। यद्यपि, बिहिवार उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा हल्का पानी परेको छ, जसले गर्दा मौसम सामान्य भएको छ। यस साताभरि यस्तै गर्मी रहनेछ। लू चल्दा औं टनटनापूर घाँमले गर्दा मानिसहरू मौसमी रोगहरूले बिरामी भइरहेका छन्। सर्दी, खोकी र ज्वरोको साथै पेट दुःख्नु र पखाला आदि समस्याले पीड़ित रोगीहरूको संख्या अस्पतालमा बढ़िरहेछ। कोलकाताका साथै जिल्लाका सरकारी अस्पतालहरूमा बिहानैदेखि यस्ता रोगीहरूको लाइन लागिरहेछ, जसको आउटडोर र एमरजेन्सीमा उपचार गराइँदैछ। राज्य स्वास्थ्य विभागका एक अधिकारी अनुसार, जुन प्रकारले राज्यमा भीषण गर्मी भइरहेछ, त्यसले गर्दा अस्पतालरूमा भारी संख्यामा रोगीहरूको संख्या बढ़िरहेछ। यसैले अस्पताललाई अतिरिक्त व्यवस्था राख्ने र ओआरएस तथा अन्य पेय वितरण गर्ने निर्देश दिइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement