दक्षिण दिनाजपुरः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको रायगंज सेक्टर अन्तर्गत १३७ बटालियन बीएसएफको बर्डर आउट पोस्ट चकगोपालका सीमा जवानहरूले एक भारतीय तस्करलाई समाएका छन्। पक्रा परेको भारतीयको नाम साकिर मण्डल (२८) बताइएको छ।
बीएसएफ अनुसार, गुप्त सूचनाको आधारमा गरिएको कारबाहीमा एक भारतीय नागरिकलाई पतिराममा खारून पुल नजिक त्रिमोहनीको सामान्य क्षेत्रबाट संदिग्ध अवस्थामा पक्राउ गरियो। जब भारतीय नागरिकसित सोधपुछ गरियो तब उसले भारतबाट बांग्लादेश तस्करीको उद्देश्यले आफ्नो बाइकमा फूलबाड़ीदेखि हिली गइऱहेको बतायो।
उसको बाइकको गहन जाँच गर्दा ९६ बोतल प्रतिबन्धित कफ सिरप उद्धार गरियो। जसपछि तस्करीको आरोपमा समाएर जफत गरिएको समानहरूको साथ भारतीय नागरिकलाई हिली थानालाई सुम्पियो।