जलपाइगढ़ीः भोली अर्थात् १६ जूनदेखि तीन महिनाका लागि गोरूमारा र चाप्रामारी अभयारण्य पर्यटकहरूका लागि बन्द रहनेछ। आगामी तीन महिनासम्म पर्यटकले जंगलमा प्रवेश गर्नसक्नेछैनन्।
वस्तुतः मूल रूपमा मनसूनको यो मौसम जंगली जनवारहरूको प्रजननको मौसम हुन्छ। हरेक साल १६ जूनदेखि पर्यटकहरूका लागि जंगलमा प्रवेश बन्द गरिन्छ ताकि यस अवधि जंगली जनावहरूलाई कसैलेपनि नचलाओस्। तीन महिना बन्द रहेपछि पूजाअघि एक पल्ट फेरि जंगल खोलिनेछ। बन्द हुन एक दिनअघि बिहिवार जंगल घुम्नका लागि पर्यटकहरूको भीड़ लागेको छ। मूर्ति टिकट काउन्टरबाट टिकट किनेर अन्तिम दिन जंगल जानका लागि पर्यटकहरूको घुइँचो लागेको छ।
-हिस