कोलकाताः पश्चिम बंगालमा आगामी ०८ जुलाईमा हुन गइऱहेको पञ्चायत चुनाउ मतदानअघि आज बिहिवार नामांकनको अन्तिम दिनसम्म राज्यभरिमा हिंसा-हंगामाको खबर आइरहेछ। यसबीच जस्तै नामांकन समाप्त भइरहेछ, मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो पार्टीको चुनाउ समितिको बैठक बोलाएकी छन्। यसमा उनका भतीज एवं राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी पनि सामेल हुनेछन्।
शनिवार साझँ कालीघाट स्थित सीएम आवासमा यो बैठक बोलाइएको छ। यसमा राज्यभरिमा जुन नेताहरूलाई चुनाउ प्रभारी बनाइएको छ, उनीहरूलाई हाजिर हुनलाई भनिएको छ। खास कुरा के छ भने, शुक्रवार दक्षिण २४ परगनाको काकद्पमा अभिषेक ब्यानर्जीको दुई महिनासम्म चलेको जनसम्पर्क यात्रा समाप्त भइरहेछ। त्यस दिन एक मंचमा अभिषेकको साथ ममता पनि सामेल हुनेछिन्।
शनिवार हुने बैठकमा चुनाउ प्रचारदेखि लिएऱ शान्तिपूर्वक तरीकाले चुनाउ सम्पन्न गराउने र जित सुनिश्चित गर्नलाई लिएर रणनीति बन्नेछ। यसपछि २०२४ को लोकसभा चुनाउ छ। पञ्चायत चुनाउ लिटमस टेस्ट मानिन्दैछ। यस हिसाबले शनिवार हुने बैठकमा ममता ब्यानर्जीले के कस्तो निर्देश दिनेछिन्, यो हेर्नपर्नेछ। यस बैठकमा ममता र अभिषेक बाहेक पार्टीका राज्य अध्यक्ष सुब्रत बक्शी, फिरहाद हकीम जस्ता अन्य नेताहरू पनि सामेल हुनेछन्।
-हिस