कालचिनी। विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको क्रममा आज अच्छापाड़ा डेभलपमेन्ट यूथ क्लबद्वारा अच्छापाड़ा स्थित एसएसके स्कूलमा स्वेच्छा रक्तदान शिविरको आयोजना गरेको जानकारी सो क्लबको सभापति बिजय थुलुङ राईले दिएका छन।
आज उक्त अवसरमा मुख्य अतिथिको रुपमा भाटपाड़ा चियाबारीको डेपुटी म्यानेजर कृष्ण बर्मन लगायत एसएसबी ५३ वाहिनी नयाँ बस्ती बीओपीका कमान्डर इन्द्रजीत बर्मन, स्थानीय पञ्चायत सदस्य भावना सुनुवार, क्लबका मुख्य सल्लाहकार टीकाराम लामा, उपाध्याक्ष रबि सार्की, सचिव सिद्धार्थ थापा, खेलकूद सचिव राजीव छेत्री, कोषाध्याक्ष उपेन्द्र ठकुरी, सदस्यहरु हर्मन किन्डो,रेशमा राई, सन्तबहादुर मगर, कैलाश लामा र दौलत छेत्री आदिको उपस्थिति रहेको थियो।
अलिपुरद्वार जिल्ला अस्पतालबाट आएको ब्लड ब्याङ्कको सहयोगितामा आज सम्पन्न सो स्वेच्छा रक्तदान शिविरमा प्रायः ३५ यूनिट रक्त सङ्ग्रह गरिएको थियो भने आगामी दिनमा अझै यसप्रकारको कार्य गर्दै लैजाने बताउँदै अच्छापाड़ा डेभलपमेन्ट यूथ क्लबको सचिव सिद्धार्थ थापाले गाउँबाट अलिपुरद्वार अस्पतालमा जाने रोगीहरूलाई रगतको आवश्यकता परेको बेलामा यताउति भौतारिएर हिँड़नु पर्ने स्थिति देखेकोले क्लबले यो रक्तदान शिविर सम्पन्न गरेको ताकि भविष्यमा गाउँको कसैलाई रगतको आवश्यकता परे मदत दिनु सकियोस भनि जनाएका छन।