उत्तर दिनाजपुर: चोपडामा उम्मेदवारी दर्ता गर्ने क्रममा राज्यको सत्तारुढ दलका कार्यकर्ता र सीपीएम-कांग्रेस गठबन्धनका उम्मेदवार र कार्यकर्ताबीच झडप भएको छ। जसमा कयौं राउण्ड गोली चलेको छ। घटनामा एक जनाको मृत्यु भएको छ। जबकि एक घाइतेलाई राम्रो उपचारको लागि सिलगढीको उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा ल्याइएको थियो। गोली लागेर घाइते भएका नायमुल हकलाई बिहीबार उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा ल्याइएको थियो। उनको हातमा गोली छ। अस्पताल पुग्नेबित्तिकै उनलाई आईसीयूमा भर्ना गरिएको थियो। नईमुल हकले भने, “मेरी श्रीमती उम्मेदवार बनेकी छिन्। म उम्मेदवारी दर्ता गर्न जाँदै थिएँ, त्यतिबेला गोली चलेको आवाज आयो। मेरो भतिजाको गोली हानी मृत्यु भयो। अगाडि उभिरहेका अन्य ३ जना घाइते भए।”