बाँदरको हातमा धारिलो छुरी, पूरै शहर बन्यो आतंकित

Monkey-3

‘बाँदरको हातमा नरिवल’ भन्ने पुरानो उखान सर्वाधिक चर्चित होl तर यहाँ चर्चा छ ‘बाँदरको हातमा छुरी’, हो ब्राजिलमा बाँदरको हातमा छुरी देखिएपछि अहिले व्यापक चर्चा भइरहेको छl पुरानो भनाइ छ ‘बाँदरको हातमा छुरी पर्नु हुँदैन’ जसको अर्थ हुन्छ ‘मूर्खको हातमा शक्ति नआओस्, अन्यथा उसले दुरुपयोग गर्छ’ भन्ने हो। तर जब ब्राजिलमा बाँदरको हातमा ठूलो छुरी देखिएपछि यो भनाइ एक हिसाबले सत्य साबित भएको छ। बाँदरले हातमा छुरी बोकेपछि ब्राजिलमा शहरका मानिसहरु भयभीत भए।

ब्राजिलको पिउई राज्यको कोरेन्टे भन्ने शहरमा बाँदरले हातमा ठूलो छुरी बोकेर घुमिरहेको मानिसहरुले देखे। सो शहरमा ठूलो राष्ट्रिय निकुञ्ज छ। बाँदरको हातमा छुइ रहेको फुटेज पनि सार्वजनिक भएको छ। फुटेजमा बाँदर एक सपिङ सेन्टरको बालकनीमा देखिएको छ। फुटेजमा बाँदरले छुरी लिएर बाटो हिड्ने मानिसलाई तर्साउन खोजेको देखिन्छ। यसपछि उसले भित्तामा चक्कु रगडेको देखिन्छ। जसलाई देखेर मानिसहरु आत्तिएका छन्। डेलीस्टारका अनुसार  यो भिडियो स्थानीय नागरिक अलेसेन्ड्रो गुएराले रेकर्ड गरेका हुन्। यो बाँदरले एक सातादेखि शहरमा आतंक मच्चाएको उनले बताए। बाँदरले छुरी गरी धेरैको छानामा क्षति पुर्याएको छ। बाँदर खतरनाक देखिन्छ, तर भाग्यको कुरा यसले अहिलेसम्म कसैलाई हानि पुर्‍याएको छैन। एलेसेन्ड्रोले पुलिसलाई पनि बोलाएको बताए। यस बाहेक अन्य अधिकारीहरूलाई पनि यस विषयमा जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement