केन्द्र सरकारको विरोध लगायत विविध मागमा आईएनटीटीयुसीद्वारा धरना प्रदर्शन

Capture3-13.png

सिलगढी: केन्द्र सरकारको श्रमिक विरोधी नीतिको विरोध तथा १०० दिनको बकाया राशिको माग गर्दै आईएनटीटीयुसी – द्वारा तीनबत्ती मोडमा धरना प्रदर्शन गर्यो। संगठनका सदस्यहरूले आज सय दिनको कार्यको बकाया रुपियाँ लगायत पेट्रोल डीजलको मूल्य वृद्धि, केन्द्र सरकारको जन विरोधी नीतिको विरोधमा धरना प्रदर्शन गरेको बताइएको छ। केन्द्र सरकारले चाँडै कुनै पहल नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने श्रमिक संगठनले चेताउनी दिएको छ। यस अवसरमा सिलगढी टाउन ब्लक ३ आईएनटीटीयुसी- का अध्यक्ष सुजय सरकार, दार्जिलिङ जिल्ला आईएनटीटीसी का अध्यक्ष निर्जल दे लगायत दलीय कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement