सिलगढी: सुकेपोखरीको वेस्ट थाना लाइन शान्तिनगर निवासी भक्तबहादुर तामाङ तथा शान्ति तामाङकी छोरी हाल टिस्टा पुलिस थाना प्रभारी ओसी सविता लामा बाल अधिकार संरक्षणको लागि पश्चिम बंगाल आयोगद्वारा प्रदान गरिने उत्कृष्ट ‘बालमैत्री प्रहरी कर्मचारी पुरस्कार २०२२’ को लागि चयन भएकी छन्। आगामी २० नोभेम्बरको दिन कोलकातामा सम्पन्न हुने एउटा समारोहमा मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट उक्त अवार्ड तिनले प्राप्त गर्ने थाहा लागेको छ।