मन्किपक्स बारे डब्ल्यूएचओले जारी गर्यो बयान, भन्यो, ‘आपतकाल घोषणा गर्नुपर्ने आवश्यकता छैन’

WHO

नयाँ दिल्ली: मन्किपक्स भाइरसको बारेमा डब्ल्यूएचओको बैठकमा यो भाइरस अझै अन्तर्राष्ट्रिय चिन्ताको विषय नभएकोले यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्न आवश्यक नरहेको निर्णय गरिएको छ। विश्वमा तीब्र गतिमा फैलिरहेको मन्किपक्स भाइरसका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले आकस्मिक बैठक बोलाएको थियो, त्यसपछि डब्ल्यूएचओले शनिबार यस्तो वक्तव्य दिएको हो। यो भाइरस हालसम्म ४२ देशमा फैलिसकेको छ जसमा विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ। यसै क्रममा डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले मन्कीपक्स भाइरसको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका छन्। यसको थप फैलावट रोक्न तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ। अहिले यसलाई कोरोना भाइरस र पोलियोजस्तो विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने आवश्यकता छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement