मोदी सरकारमा मनरेगा मार्फत गाउँ सशक्त र आत्मनिर्भर भइरहेको छ: गिरिराज सिंह

00-1-Giriraj

बेगूसराय: केन्द्रीयग्रामीण विकास एवं पंचायती राजमन्त्री गिरिराज सिंहले बिहीबार भने, ‘नरेन्द्र मोदी नेतृत्वाधिन सरकारले सबैको साथमा सबैको विकासको मूल मन्त्रमा अग्रसर भई देशको समग्र विकास गरिरहेको छ। गाउँ सशक्त र ग्रामीण आत्मनिर्भर भइरहेका छन्। वृक्षरोपणबाट हरियाली छाइरहेको छ। मोदी सरकारको अभूतपूर्व नौ वर्षमा मनरेगाबाट आधारभूत संरचनामा आश्चर्यजनक परिवर्तन मात्र आएको छैन जबकि पर्यावरण संरक्षणको दिशामा पनि बेजोड़ काम भएको छ। जल, जीवन, हरियालीमाथि बल दिइएको छ।

उनले भने, ‘मनरेगाअन्तर्गत एकातिर कोभिड महामारीमा गरीबहरूले रोजगार पाए भने अर्कोतिर अर्थव्यवस्थामा वृद्धिको कारणले महामारीपूर्वको तुलनामा रोजगारका अवसरहरू कैयौं गुणा बढ्यो। मनरेगाको माध्यमबाट स्थायी निर्माणलाई प्राथमिकता दिइँदैछ। यूपीए सरकारले मनरेगामा बिहारलाई ९६४९ करोड़ रुपियाँ दिएको थियो भने मोदी सरकारले ३१६३७ करोड़ रुपियाँ दिएको छl’ गिरिराज सिंहले भने, ‘गरीबहरूको भलाईको सरकारले महात्मा गान्धी रोजगार ग्यारण्टी योजना (मनरेगा)-को माध्यमबाट देशमा अभूतपूर्व कार्य गरेको छ। कंग्रेस सरकारले सन् २००६ देखि सन् २०१४ सम्म १६६० करोड़ श्रम दिवस सृजित गरेर २१३२२० करोड़ केन्द्रीय कोष रिलीज गरेको थियो भने १५३ लाख कार्य पूर्ण गरेको थियो जसमा महिलाहरूको सहभागिता ४८ प्रतिशत थियो। जनवरी २०१४ मा आधार सीडिङ मात्र ७६ लाख सक्रिय कामगारको थियो। डीबीटीको प्रावधान नभएको कारणले बिचौलीहरू धनी हुन्थे। तर नरेन्द्र मोदीको सरकार आउनसाथ यसमा सुधार आयो।

आज मनरेगाको ९९ प्रतिशत राशि डीबीटीको माध्यमबाट जारी गरिन्छ जसबाट भ्रष्टाचारमा लगाम कसिएको छ। मोदी सरकारमा २४९७ करोड़ श्रम दिवस सृजित गरी ६२३१२५ करोड़ रुपियाँ केन्द्रीय कोष जारी गरियो भने ६४६ लाख कार्य पूरा गरिसकिएको छ जसमा महिलाहरूको अंशदारीलाई बढ़ाएर ५४ प्रतिशत गरिएको छ। १३.७१ करोड़ (९६.२३ प्रतिशत) सक्रिय कामगारहरूको आधार सीडिङ गरिएको छ। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *